
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेर ९२ हजार ६ सय रुपैँया पुगेको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैँया कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २५५ रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।