विद्युतको पोलबाट खसेर एक कर्मचारीको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा विद्युतको पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन् । लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए।

गम्भीर घाइते हुनुभएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पु¥याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस