
काभ्रे कोरोना अपडेट : ३० जनामा संक्रमण, ६० जनामा संक्रमणमुक्त
सोमबार, माघ २४, २०७८ | १६:२६:०९

काभ्रे : जिल्लामा आज ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ६० जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ६८ वटा पिसिआर र ३३ वटा एन्टिजेन गरी कुल १ सय १ वटा परीक्षणमा २६ वटा पिसिआर र ६ वटा एन्टिजेनको रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४८ पुगेको छ । जसमध्ये १६ हजार ९ सय ८९ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
जिल्लामा अहिले १ सय ३१ जना महिला र १ सय ३३ जना पुरुष गरी २ सय ६४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा अहिले १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।