इन्टरनेट सेवाका लागि पनौती नगरपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबिच सम्झौता
मंगलबार, माघ २५, २०७८ | १२:११:३७

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले सञ्चारको विकासलाई प्राथमिकता दिएको छ । नगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा सञ्चार विकास गर्दै सुलभ इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।
जसका लागि नगरपालिकाले सोमबार नेपाल दूरसञ्चार प्राधिकरण र पनौती नगरपालिकाबीच सम्झौता गरेको छ । ग्रामीण दूरसञ्चार विकास कोष मार्फत ब्रोड ब्याण्ड इन्टरेनटको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ ।