महाभारत गाउँपालिकाले अनुदानमा मिटर बक्स वितरण गर्ने

काभ्रे : जिल्लाको गाउँपालिकाले अनुदानमा मिटर बक्स वितरण गर्ने भएको छ । केन्द्रिय विद्युत लाइन विस्तारको क्रममा मिटर बक्स अनुदानमा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । आइतबार सम्पन्न दशौं गाउँसभाले अनुदानमा मिटर बक्स वितरण गर्ने निणर्य गरेको हो ।

महाभारत गाउँपालिकामा केन्द्रिय विद्युत लाइन विस्तारको क्रममा रहेको छ । सबै घरधुरीलाई अनुदानमा मिटर वक्स वितरण गर्ने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

सभाले गाउँपालिकाका गौरवका योजनाहरुलाई निरन्तरता दिने, सडक, खानेपानी, सिचाँई, कृषि,शिक्षा, स्वास्थ्य लगायतका विषयमा रहेको योजनाहरुलाई यथाशिघ्र कार्य सम्पन्न गर्ने निणर्य समेत भएको छ ।

सभाले चालु आर्थिक वर्षमा भएको योजना कार्यन्वयनका प्रगति समीक्षा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस