
५ सय रुपैँयाले बढ्यो सुनको मूल्य
मंगलबार, माघ २५, २०७८ | १४:१२:४१

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैँयाले बढेर ९३ हजार १ सय रुपैँया पुगेको छ । जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैँया तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैँया कायम भएको छ । यसको मूल्य अघिल्लो दिन ९२ हजार १ सय रुपैँया तोकिएको थियो ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैँयाले बढेर एक हजार २६० रुपैँया कायम रहेको महासङ्घले जनाएको छ ।