जालसाजी मुद्दामा फरार रहेका धुलिखेलका ४ प्रतिवादी १० वर्ष पछि पक्राउ

काभ्रे : जालसाजी मुद्दामा फरार रहेका ४ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । जालसाजी मुद्दामा फरार रहेका काभ्रेको धुलिखेल नगरपालिका वडा नं ४ का ४ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नं ४ का बुद्धिलाल खड्गी, प्रकाश खड्गी, विकाश खड्गी र दिल लक्ष्मी खड्गी रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार जालसाजी मुद्दामा फरार रहेका उनीहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०६८ फाल्गुण १४ गते सजायको फैसला गरेको थियो ।

अदालतको फैसलापश्चात फरार रहेका उनीहरुलाई आज बनेपा नगरपालिका वडा नं ५ बाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत काभ्रे पेश गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस