
रेबिजमुक्त नगर निर्माणका लागि पाँचखालमा कुकुर बन्ध्याकरण कार्यक्रम
बुधबार, माघ २६, २०७८ | १४:०५:१४

काभ्रे : रेबिजमुक्त नगर बनाउनका लागि जिल्लाको पाँचखाल नगरपालिकाले कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण गर्नुका साथै रेविज विरुद्धको खोप समेत लगाएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले बताए ।
उनका अनुसार नगरलाई रेबिजमुक्त निर्माण गर्न रेबिज विरुद्धको खोप बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमका लागि २ सय भन्दा बढी सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाइने छ ।