वडा अध्यक्ष कर्मचार्यको पहलमा वडाबाटै राजश्व सेवा प्रारम्भ

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ मा वडाबाटै राजश्व सेवा प्रारम्भ भएको छ । वडा नं ४ का अध्यक्ष रबिन्द्र कर्मचार्यको पहलमा वडाबाटै राजश्व सेवाको प्रारम्भ गरिएको हो । माघ गतेबाट वडाले राजश्व सेवा पनि प्रदान गरेको हो । हालसम्म १० जनाले वडाबाट उक्त सेवा लिइसकेको वडा कार्यालयले जनाएको छ ।

वडाबाट जग्गाको तिरो र सम्पत्ति करको सेवाको व्यवस्था गरिएको धुलिखेल नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष रबिन्द्र कर्मचार्यले जानकारी दिए । उनका अनुसार सेवाग्राहीको सहजताका लागि वडाले २३ गतेबाट उक्त सेवाको सुचारु गरेको हो ।

‘घर जग्गा र बाटोको सिरफारिस वडाबाट गर्नुपर्ने भएपनि राजश्वका लागि सेवाग्राही नगरपालिकालाई धाउनुपर्ने बाध्यता थियो,’ अध्यक्ष कर्मचार्यले भने, ‘राजश्व तिरेपछि फेरि थप सेवाका लागि सेवाग्राही वडामै आउनुपर्ने थियो । सेवाग्राहीलाई सहजताका लागि हामीले वडाबाटै उक्त सेवाको प्रारम्भ गरेका हौँ ।’ अब सेवाग्राहीको काम एकै ठाउँबाट हुने र सेवाग्राहीलाई सहजता हुनेमा उनी विश्वस्त छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस