काभ्रेमा आज ९ जनामा संक्रमण, ६३ जना संक्रमणमुक्त

काभ्रे : जिल्लामा आज ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ६३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ५५ वटा पिसिआर परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ७३ पुगेको छ । जसमध्ये १७ हजार १ सय २५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले ७३ जना महिला र ७९ जना पुरुष गरी १ सय ५३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म काभ्रेका १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सिफारिस