सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठ र राई अनिवार्य अवकाशमा जाँदै

काठमाडौं : सशस्त्र प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी) पदावधिका कारण अनिवार्य अवकाशमा जाने भएका छन् । डीआईजीद्वय मन्दीप श्रेष्ठ र खड्ग राईले डीआईजीको चार वर्षे पदावधिका कारण बुधबार (आज) राति १२ बजेपछि अनिवार्य अवकाश पाउने भएका हुन् ।

डीआईजी श्रेष्ठ हाल सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका छन् भने राई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका छन् ।

श्रेष्ठ र राईको पनि कार्यकाल गत वर्ष नै सकिएको थियो । तर सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था अनुसार उनीहरुको पदावधि लम्बिएको हो । डीआईजी श्रेष्ठ र राईको अवकाश भएपछि सशस्त्रमा अब तीन डीआईजी पद रिक्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस