प्रेसर हर्नले सर्वसाधरणलाई हैरानी : ट्राफिक प्रहरी मौन, गुनासो गर्दानी

काभ्रे : केही दिन यता सवारी चालकले मानोमानी ढंगले प्रेसर हर्न बजार सवारी गुडाउने गरेका छन् । प्रेसर हर्नका कारणले सर्वसाधरणलाई भने सधैँको हैरानी भएको छ ।
प्रेसर हर्नले निम्त्याएको ध्वनी प्रदूषणको हैरानीका कारण सर्वसाधरणले विरोध गर्दै ट्राफिक प्रशासनलाई ध्यानाकर्षण गराएको छ । तर पनि यस विषयमा ट्राफिक प्रशासन भने मौन देखिन्छ ।

प्रेसर हर्नको हैरानीको आक्रोश जनाउँदै एक जना व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेसर हर्नले कति असर गरिरहेका छ यो हेक्का ट्राफिक प्रहरीलाई अवगत नै होला, कडा भन्दा कडा कारबाही गरियोस् ।’

प्रेसर हर्नका कारण सर्वसाधरण हैरानी खेप्नु सधैँको बाध्यता भइसकेको छ । तर पनि यस पनि यस विषयमा ट्राफिक प्रहरीले कारबाहीका प्रक्रियालाई भने अगाडी बढाउन सकेको देखिदैँन । धेरैको गुनासो आएपछि मात्रै ट्राफिक प्रहरीले एक दिन साइत जुराएर प्रेस हर्न नियन्त्रणका लागि सवारीका प्रेसर हर्न निकालेको जस्तो नाटक मात्रै गर्छ । प्रेसर हर्न बारे ट्राफिक प्रहरीले आकल झुकल मात्रै चेकजाँच गर्ने प्रबृत्तिका कारण सर्वसाधरणलाई ध्वनी प्रदूषण सधैँको हैरानी भएको छ ।

त्यसो त नेपालको संविधान २०७२ को मौलक हकको धारा नं ३० मै प्रत्येक नागरिकलाई स्वच्छ र स्वास्थय वातारणमा बाँच्न पाउने हकको बारेमा उल्लेख गरिएको छ । त्यस्तै वातावरणीय प्रदूषणवा ह्रासबाट हुने बापत क्षति पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने कुरा पनि उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस