राष्ट्रिय युवा संघ र अनेरास्ववियु काभ्रेले सभामुख सापकोटालाई धुलिखेलमा देखाए कालो झण्डा

काभ्रे : कालो झणडा देखाएर सभामुख अग्नि सापकोटालाई धुलिखेलमा विरोध प्रदर्शन गरिएको छ । सभामुख सापकोटालाई राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले संयुक्त रुपमा काभ्रेको धुलिखेलमा कालो झण्डा देखाएर बिरोध प्रर्दशन गरेका हुन् । आज बिहान ९: ३० बजे धुलिखेल चोकमा उनीहरुले कालो झण्डा देखाएका थिए ।

राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले एमसीसी खारेज, एमालेले कारबाही गरेका सांसदहरुलाई .पदमुक्त नगरेको, सापकोटा फरार अपराधी भ्रएकाले उनलाई कारबाहीको माग गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ काभ्रेको संयोजक सागर रायमाझीले बताए । उनका अनुसार आफूहरुमाथी दमनका लागि नेपाल प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस