काभ्रेका प्रहरीलाई विपद उद्धार सम्बन्धि तालिम

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरीलाई विपद उद्धारका सम्बन्धि तालिम प्रदान गरिएको छ ।

विपद व्यवस्थापन बेश क्याम्प काभ्रेमा कार्यरत टोलीले मातहत प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारीलाई विपद उद्धारको अवस्था र ग्यास सिलिण्डरमा आगलागी हुँदा नियन्त्रणमा लिने तरिका प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको परिसरमा विपद व्यवस्थापन बेश क्याम्प काभ्रेमा बुधबार कार्यरत विपद उद्धार सम्बन्धि तालिम प्राप्त प्र हरी कर्मचारीले उक्त तालिम प्राप्त गरेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय