सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो
बिहिबार, माघ २७, २०७८ | १३:०१:३५
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैँयाले बढेर ९३ हजार ९ सय रुपैँया कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैँया कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैँया तोकिएको छ, जसको मूल्य अघिल्लो दिन ९२ हजार ९ सय रुपैँया तोकिएको थियो ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० रुपैँया कायम रहेको महासङ्घले जनाएको छ ।