सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडोँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेर ९४ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रुपैँया तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैँया कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४ सय रुपैँया तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस