चोरी भएको बालकुमारीको मूर्ति गैरीगाउँमा बोरामा फालिएको अवस्थामा फेला

काठमाडौं : ललितपुर सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति ललितपुर महानगरपालिका १५ हात्तीवन गैरीगाउँको करुणा मन्दिर बाहिर पेटीमा बोरामा फालिएको अवस्थामा फेला परेको छ । मूर्ति आज बिहान फेला परेको उक्त मूर्ति पुनः मन्दिरमा बाजागाँजा सहित भित्राइएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले बिहान फेला पारिएको मूर्ति गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरिएको जानकारी दिए । ‘‘स्थानीयले खबर गरेपछि आज बिहान मूर्ति फेला पारेका थियौँ । थप अनुसन्धान भइरहेको छ । आजै स्थानीयले बाजागाजासहित मूर्ति पुनः मन्दिरमा भित्राइएको छ,” उनले भने ।

गएको माघ ९ गते ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

 

न्यिदब िदबलप
कबचदयततबm अझभलत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस