
काभ्रे : जिल्लामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज १४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको २६ वटा पिसिआर र १२ वटा एन्टिजेन गरी ३८ वटा परीक्षणमा ५ वटा पिसिआर र १ वटा एन्टिजेन गरी ६ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ५ पुगेको छ । जसमध्ये १७ हजार १ सय ८७ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् ।
जिल्लामा अहिले ६५ जना महिला र ५८ जना पुरुष गरी १ सय २३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म काभ्रेका १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।