एकैदिन १५ सय रुपैँयाले बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज १५ सय रुपैँयाले बढेर सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण गरिएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा २० रुपैयाँले बढी एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय