काभ्रे : बहुबिवाह र सम्बन्ध बिच्छेद मुद्दाका फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । बहुविवाह मुद्दा अन्तर्गत फरार रहेका काभ्रेको बेथानचोक गाउँपालिका वडा नं २ का ३२ वर्षीय रमेशतिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०६७ असार १ गते जिल्ला अदालत काभ्रेपालञ्चोकले रमेशलाई बहुविवाह मुद्दा अन्तर्गत सजायको फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका रमेशलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले फागुण्न १ गते बेथानचोक गाउँपालिका वडा नं २ बाट पक्राउ गरेको हो ।
त्यस्तै सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेकी पनौती नगरपालिका वडा नं ३ की शान्ती थापा खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । २०६८ फागुण १४ गते शान्तीलाई जिल्ला अदालत काभ्रेले सम्बन्ध बिच्छेद मुद्दा अन्तर्गत सजायको फैसाल गरेको थियो । अदालतको फैसलापछि फरार रहेकी शान्तिलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेले फागुण १ गते धुलिखेल नगरपालिका वडा नं ६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।



















