बुधबार, माघ २८, २०८२
फुटपाथमै व्यापार, फुटपाथमै गुड्छन् गाडी : नगरपालिका नदेखेझैँ गर्छ आँखै अगाडी

काभ्रे : व्यापारिक नगरको रुपमा परिचित छ बनेपा नगरपालिका । बिहानको झिस्मिसेसँगै झमक्कै रात पर्दासम्म पनि यहाँ व्यापारिक चहलपहल भइरहन्छ । विशेष गरेर बनेपामा व्यापारिक चहलपहल फुटपाथमा हुने गर्छ ।

यहाँको व्यापारिक चहलपहल यतिसम्म बढ्दो छ कि सर्वसधारण फुटपाथमा निर्धक्क भएर समेत हिँडन पाउँदैनन् । फुटपाथमै व्यापार, फुटपाथमै निर्माण सामग्री अनि फुटपाथमै गुड्छन् गाडी । यो दृश्य बनेपा नगरपालिकाको कार्यालय अगाडीबाट प्रष्टै देखिन्छ । यो दृश्यलाई बनेपा नगरपालिका भने नदेखेझैँ गर्छ ।

फुटपाथमै गडाी गुड्दा पदैलयात्री निर्धक्क भएर कसरी हिँड्ने ? फुटपाथमै निर्माण सामग्री राखिएका छन्, पदैलयात्री कहाँबाट हिड्ने ? फुटपाथमै व्यापारिक गतिविधि हुन्छन्, पदैलयात्रीलाई हिँडडुलमा खै त सहजता ? यसको उत्तर बनेपालीले अहिलेसम्म पाएका छैनन् ।

त्यस्तै बनेपाको सडकमा अर्को प्रमुख समस्या रहेको बनेपा चारदोबाटो हुदैँ चण्डेश्वरी जाने बाटो । जहाँ व्यापारिक चहलपहल पनि बढि नै हुन्छ । त्यसकारण पनि उक्त स्थानमा सवारी साधनहरु सामान लोड गर्न राखिएका हुन्छन् ।

जसले गर्दा मानिस तथा सवारीको चाप बढि हुन्छ । त्यसो त सोही मार्ग हुदैँ बनेपाको एक मात्रै अस्पताल शिर मेमोरियल अस्पताल पुग्नु पर्छ । मानिस र सवारीको चापले कहिलेँ त एम्बुलेन्सलाई समेत सो मार्ग पार गर्न हम्मे हम्मे पर्छ । यस्तो संवेदनशील विषयमा पनि सम्बन्धित सरोकारवाला निकायको नजर पुग्न सकेको छैन ।

स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्नै लाग्यो । नगरपालिकाले हरेक वर्षको निति तथा कार्यक्रममा यी विषयलाई स्थान नदिने भने होइन । तर कार्यान्वयनको पाटो भने चुकेकै देखिन्छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय