गोदामचोकमा काभ्रे प्रहरीको छापा : १६ सय लिटर घरेलु मदिरा बरामद

काभ्रे : जिल्लाको बनेपा  स्थित  मदिरा उत्पादन स्थलमा आज पनि प्रहरीले छापा मारेको छ । बनेपा नगरपालिका वडा नं ७ स्थित गोदामचोकमा पुष्प मानन्धरले अवैध रुपमा सञ्चालन गर्दै आएको घरेलु मदिरा उत्पादन स्थलमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले आज दिउँसो ३: ३० बजेको समयमा मदिरा उत्पादन स्थलमा छापा मारेको थियो । प्रहरीले अन्दाजी १६ सय लिटर कच्चा पदार्थको घरेलु मदिरा बरामद गरेको छ । काभ्रे प्रहरीले हिजो पनि बनेपा नगरपालिका वडा नं ८ स्थित टेलिकम चोकमा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस