पाँचखालमा काभ्रे प्रहरीको लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिका वडा नं १२ मा लैङ्गिक हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा आज पाँचखाल नगरपालिका वडा नं १२ मा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

भुगोल विशेषको समस्या पहिचान एंव विश्लेषण गरी, स्थानिय जनस्तरमा वृद्धि हुदै गएको विविध सामाजिक समस्या तथा आवश्यकताको पहिचान गरी काभ्रेपलाञ्चोक जिल्ला पाचँखाल नगरपालिका वडा नं १२ स्थित वालुवामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख चक्रराज जोशीले आत्महत्या, बालबिवाह र यौनदुर्व्यवहार जस्ता सामाजिक विकृतिको रुपमा रहेका विषयमा आधारित प्रस्तुतीकरण प्रदान गर्दै एक दिने लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष गोपाल दनुवारले सामाजिक विकृतिको रुपमा रहेका सान्दर्भिक विषयवस्तुहरुमा यस किसिमको सचेतनामुलक कार्यक्रम आयोजना गरिएकोमा जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद व्यक्त गर्दै यस किसिमका सचेतनामुलक कार्यक्रमले समाजमा लुकेका घटनाहरुलाई प्रकाश पार्नका साथै नागरीक समाजमा सचेतना अभिबृद्धी गर्दै अपराध रहित समाजको परिकल्पना साकार हुने कुरा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला पाचँखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष गोपाल दनुवार लगायत स्थानिय जनप्रतिनिधि, महिला बालबालिका स्थानिय प्रहरी र नागरिक समाजको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस