बनेपा हेल्थ क्येरमा अब हरेक दिन हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.कार्कीले सेवा दिने

काभ्रे : बनेपा हेल्थ क्येरले प्रदान गर्दै आएको सेवामा थप सेवा विस्तार गरिएको छ । शुलभ शुल्कमा उच्च स्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिई छोटो समयमा आम विरामीहरुको विश्वासको स्वास्थ्य केन्द्रको रुपमा परिचित बनेपा हेल्थ केयरमा यहि फागुन १ गते देखि दैनिक रुपमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा दिदै आएका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.भास्कर राज कार्कीले अब दैनिक रुपमा बिहान १० बजे देखि ३ बजेसम्म बनेपा हेल्थ केयरमा स्वास्थ्य सेवा प्रदान गर्नेछन् । हाड जोर्नीका विभिन्न स्वास्थ्य समस्याहरु जस्तै ढाड, कम्मर, घुंडा दुख्ने, हाड खिइएको, कम्मर गर्धनको नसा च्यापिएको, युरीक एसिड बढेको, हाड भाचिएको, जोर्नी फुस्किएको जस्ता स्वास्थ्य समस्याहरुको जांच तथा उपचार हुनेछ ।

हाल बनेपा हेल्थ केयरमा दैनिक रुपमा वरिष्ठ फिजिसियन काभ्रेका चिरपरिचित डा। रविन्द्र प्रसाद राजभण्डारी, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.चुनुमिला महर्जन, छाला, यौंन तथा सौंन्र्दय विशेषज्ञ डा.रामकला के.सी मेडिकल अफिसर डा. रिनेस श्रेष्ठ, डा.राजेन्द्र गौतम, दन्त रोग विशेषज्ञ डा.काजल राना फिजियोथेरापिष्ट मनिषा थापा संगै ७ जना चिकित्सकद्धारा दैनिक रुपमा स्वास्थ्य सेवा दिदैं आएका छन् ।

बनेपा हेल्थ केयरले आउने दिनमा आफ्ना सेवाहरु अझ परिस्किृत तथा छिटो छरितो बनाई आम बिरामीहरुलाई सहजताका साथ स्वास्थ्य सेवा जस्तो पवित्र कार्य प्रदान गर्दै जाने कुरा संस्थाका अध्यक्ष जितेन्द्र कुमार थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस