सार्वजनिक अपराध मुद्दामा फरार रहेका काभ्रे पनौतीका रुकेश प्रहरी नियन्त्रणमा
सोमबार, फाल्गुण ०२, २०७८ | २१:२८:४४
काभ्रे : सार्वजनिक अपराध मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक अपराध मुद्दामा फरार रहेका काभ्रेको पनौती नगरपालिका वडा नं ३ का रेखन भनिने रुकेश लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
२०७३ असार ६ गते जिल्ला अदालत काभ्रेले रुकेशलाई सार्वजनिक अपराध मुद्दा अन्तर्गत ५ हजार रुपैँया सजाय फैसला गरेको थियो । फैसलापछि फरार रहेका रुकेशलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ परेका रुकेशलाई आजै फैसला कार्यन्वयनको लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।