राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि काभ्रेका ५८ विद्यालयहरु छनौट

काभ्रे : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका ४ हजार १५७ सार्वजनिक विद्यालय छनौट पर्दा काभ्रेबाट पनि ५८ वटा विद्यालयहरु छनौट भएका हुन् ।सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त विद्यालहरु छनोट गरेको हो ।

काभ्रेका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मण्डनदेउपुरका ९ विद्यालय छनौट भएका छन् । बनेपा नगरपालिकाका ८ वटा, बेथानचोक गाउँपालिका भित्रका ४ वटा, धुलिखेल नगरपालिकाका ५ वटा, नमोबुद्ध नगरपालिकाका ३, भुम्लु गाउँपालिकाका २, खानीखोला र रोशी गाउँपालिका तथा पाँचखालका ३/३ छन् ।

त्यस्तै चौरीदेउराली गाउँपालिका र पनौती नगरपालिकाका ५/५ तेमालका ७ वटा विद्यालय खनोट भएका छन् । छनोट भएका विद्यालयहरुमध्ये एक ल्याब,एक बाली विज्ञान,एक कम्प्युटर विज्ञान र एक ४ कोठे भवनका लागि छनोट भएका छन् ।

बाँकी विद्यालयहरु भने भौतिक संरचनाको हिसाबले पू्र्णता भएको भन्दै आइसिटी कार्यक्रमको लागि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस