बालाजुमा बसले ठक्कर दिँदा २ जना पैदलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौँ स्थित बालाजुमा बसले ठक्कर दिँदा २ जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुलाई ठक्कर दिएर बससहित चालक फरार भएका छन् । पदैलयात्रुलाई ठक्कर दिने सवारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस