हृदयघातका कारण चलचित्र निर्देशक रेशराजको निधन

काठमाडौं : हृदयघातका कारण चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ। बुधबार बेलुकी आचार्यको निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ। एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो।

उनको उपचारको क्रममा ओम अस्पतालमा बुधबार बेलुकी निधन भएको हो। चलचित्र तिलहरीबाट निर्देशन यात्रा सुरु गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय