पुछारको लेभान्टेसँग हार्यो एट्लेटिको

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिको पुछारको लेभान्टेसँग १-० गोल अन्तरले पराजित भएको हो ।

लेभान्टेलाई जित दिलाउन गोन्जालो मेलेरोले निर्णायक गोल गरे । खेलको ५४ औं मिनेटमा गोन्जालोले गोल गरेका थिए । यस हारसँगै एट्लेटिकोले २४ खेलमा ३९ अंक जोडेको छ ।

एट्लेटिको पाँचौं स्थानमा रहेको छ । लेभान्टे १४ अंक जोडेर २० औं स्थानमा रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय