नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय

काठमाडौं : नेपाल प्रहरीमा थप तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थपिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा प्रहरीमा तीन जना एआईजीको दरबन्दी थपसहितको ओएण्डएम स्वीकृत गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपाल प्रहरीमा अब एआईजीको संख्या आठ हुने भएको छ । नेपाल प्रहरीमा कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवश्रोत एवं प्रशासन विभाग, महानगरीय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी पाँच वटा कार्यालयमा एआईजीको दरबन्दी रहेको छ ।

त्यसैगरी प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस