बार्सिलोना नापोली बराबरीमा

यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १/१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १/१को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस