बनेपा- १०मा ‘एक घर एक धारा’ कार्यक्रम : पहिलो चरणमा २ सय ५० घरधुरी लाभान्वित हुने

काभ्रे : जिल्लाको बनेपा नगपालिका वडा नं १० मा बृहत खानेपानी आयोजना अन्तर्गत ‘एक घर एक धारा’ कार्यक्रम तीब्र रुपमा अघि बढेको छ ।

उक्त कार्यक्रमका लागि सेतीदेवि मन्दिर नजिकै १ लाख ५० हजारको ट्याङ्की निर्माण सम्पन्न भइसकेको वडा अध्यक्ष चन्द्र बहनदुर खड्काले जानकारी दिए । उनका अनुसार बृहत खानेपानी आयोजना अन्तर्गतको यस कार्यक्रम तीब्र गतिमा अघि बढेको छ । अहिले पाइप बिछ्याउने काम भइरहेको छ । अबको केही दिनमै यहाँका स्थानीयको घर घरमा खानेपानी पुर्‍याइनेछ ।

यस बृहत खानेपानी आयोजना अन्तर्गत पहिलो चरणमा यस वडाका २ सय ५० घरधुरीले ‘एक घर एक धारा’ कार्यक्रमबाट लाभान्वित हुने उनले बताए । उक्त कार्यक्रमको अनुगमनका लागि बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे, उप–प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्ष चन्द्र बहादुर खड्का, उपभोक्ता समितिले बिहीबार अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस