बाघको आक्रमणबाट एक बृद्धको मृत्यु

बाँके : बाघको आक्रमणबाट बाँकेमा एक बृद्धको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा बाघको आक्रमणबाट राप्ती सोनार ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान मृत्यु भएको हो ।

बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलले जानकारी दिए । उनका अनुसार बाघले चलाउनेलाई करिब ५ सय मिटर जंगल भित्र लगेको थियो । गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो ।

सामुदायिक वन समुहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो । दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५/३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए । बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरि मान्छे मारेको पुष्टि गरेको छ ।

केही समयअघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस