स्टन्ट देखाउने मोटरसाइकल प्रहरीको फन्दामा
काभ्रे : स्टन्ट देखाएर ध्वानी प्रदूषण गर्ने मोटरसाइकल चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ । स्टन्ट देखाउँदै ध्वनी प्रदूषण गर्नुको साथै तीब्र गतिमा मोटरसाइकल चलाउने ३६ जना चालकलाई आज जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुलाई प्रहरीले धुलिखेलबाट नियन्त्रणमा लिएको हो ।
स्टन्ट देखाउने बाहानामा ध्वनी प्रदूषण गरेको भन्दै स्थानीयले प्रहरीलाई गुनासो गरेपछि प्रहरीले चेकजाँचमा कडा गर्दै ३६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार चेकजाँचको क्रममा मोटरसाइकल चालकले स्टन्ट देखाउँदै तीब्र गतिमा मोटरसाइकल चलाइएको पनि पाइएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकल मोडिफाइ गरिएको छ कि छैन भन्ने बारेमा चेकजाँच भइरहेको र मोडिफाइ भएको पाइएमा ट्राफिक नियम अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकल चालकका अभिभावकसँग सम्पर्क गराएर भोलिका दिनबाट यस्तो कार्य नगर्न पनि सम्झाईबुझाई गरिएको छ ।