काभ्रेको महाभारतमा १० शैयाको अस्पताल निर्माण हुने 

काभ्रे : जिल्लाको महाभारत गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुने भएको छ ।

गाउँपालिकाको वडा नं ८, घर्तिछापमा अस्पताल निर्माण गर्न लागिएको हो । बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले संयुक्तरूपमा शिलान्यास गरेपछि अस्पताल बन्ने पक्का भएको हो ।

शिलान्यास गर्दै मन्त्री ढकालले समृद्ध महाभारत बनाउने अभियानमा आफु सुरुदेखि नै महाभारतबासी जनतासँगै रहेको बताउँदै सधैंभरि साथमै रहने प्रतिबद्धता जनाए । दोस्रो कर्णालीको रुपमा रहेको महाभारत दोस्रो दार्जीलिङको रुपमा विकास हुँदै गरेको ढकालले दावी गरे ।

त्यसैगरि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले विगतमा जसरी महाभारतको जनताले एउटा सिटामोल खानाको लागि धुलखेल पुग्नुपर्ने परिस्थिति नरहने बताए । आफ्नै कार्यकालमा सुविधा सम्पन्न अस्पताल शिलान्यास गर्न पाउँदा गर्व लागेको बताउँदै जिम्बाले जनताको स्वास्थ्य प्रति आफू सधैं गम्भिर रहेको बताए ।

नेपाल सरकार र महाभारत गाउँपालिकाले ११ करोड १ लाख २६ हजार ६९७ रुपैयाँको लागतमा सो अस्पताल निर्माण हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस