आजको मौसम : पहाडी भेगमा वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना
आइतबार, फाल्गुण ०८, २०७८ | १०:५५:२५
काठमाडौं : हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू(भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।