तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं : तास खेलिरहेको अवस्थामा काठमाडौँबाट प्रहरीले तास र नगदसहित ९ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३९ हजार ६६० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो । शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय