सुनको मूल्यमा सामान्य बृद्धि
आइतबार, फाल्गुण ०८, २०७८ | १३:१३:०६
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैँया बढेको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ५ सय रुपैँयामा कारोबार भएको छापावाल सुन आज तोलमा १ सय रुपैँयाले बढेर ९६ हजार ६ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैया तोकिएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला ९६ हजार तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३०५ रुपैँया कायम रहेको महासङ्घले जनाएको छ ।