जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

बर्दिया : ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती महिलालाई उनकै घरकोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस