खोटाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

खोटाङ : खोटाङमा मोटरसाइकल हुदाँ एक जनाको मृत्ययु भएको छ । मृत्यु हुने चितवन भरतपुर महानगरपालिका–६ घर भई खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ वर्षीय दिपक ढुंगाना हुन् ।

हिजो बेलुकी भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ढुंगाना घाइते भएका थिए । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७ को भित्री सडक खण्डमा प्रदेश ३–०२–००७ प ५३३३ नम्बरको मोटरसाइकल दुर्घटनामा भएको हो । उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस