मंगलबार, फाल्गुण २६, २०८२
मण्डनदेउपुरमा २ वटा खोप केन्द्र र एउटा प्रसुति केन्द्र स्थापना

काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिकामा २ वटा खोप केन्द्र र एउटा प्रसुति केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको वडा नं १ को बालुवापाटी र वडा नं ५ को गैह्रिविसौना देउपुर गरी २ स्थानमा खोप केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाको वडा नं २ को चुरीथुम्कामा प्रसूति केन्द्र स्थापना गरेको छ ।

महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पायक पर्ने स्थानबाट सेवामा पहुँच पु¥याउन थप दुई वटा खोप र एउटा प्रसूति केन्द्र स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिए ।

नगरपालिकाको स्थापना कालदेखि नै स्वास्थ्य र शिक्षाको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले बताए । उनका अनुसार १२ वडामा अहिलेसम्ममा जम्मा ७ वडामा स्वास्थ्य केन्द्र रहेको बताउँदै अब बाँकी रहेका वडामा भवन निर्माणको काम भइरहेको छ ।

नगरपालिकामा सात वटा स्वास्थ्यचौकी र पाँच वटा आधारभूत स्वास्थ्य केन्द्र छन् र अहिले ग्रामीण क्षेत्रका बालबालिका तथा महिलाको स्वास्थ्य सेवालाई ध्यानमा राखेर थप दुई वटा खोप केन्द्र र एउटा प्रसूति केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिका स्थापना भएपछि तीन वटा सहरी क्लिनिक थप गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय