काभ्रेमा आज १ जनामा संक्रमण, २ जना संक्रमणमुक्त

काभ्रे : जिल्लामा आज एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज २ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १३ वटा पिसिआर र ६ वटा एन्टिजेन गरी १९ वटा परीक्षणमा १ वटा पिसिआर रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ४५ पुगेको छ । जसमध्ये १७ हजार ३ सय १६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले २१ जना महिला र १३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा अहिलेसम्म १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस