लोक सेवा आयोग अन्तर्गतका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित
सोमबार, फाल्गुण ०९, २०७८ | १७:२१:४९

काठमाडौं : लोकसेवा आयोगका निर्धारित परीक्षा स्थगित भएको छ । आयोगका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएका हुन् ।
सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ। आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो।
त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको परीक्षा तोकिएको थियो। आयोगका अनुसार फागुन २८ मा संयुक्त र एकीकृत सेवातर्फ नायब सुब्बा वा सो सरह (अप्राविधिक)को प्रथम चरण र २०७९ बैशाख ५ देखि बैशाख ९ सम्म द्वितीय चरणको परीक्षा तालिका तोकिएको थियो।