आईसीसी टी–२० विश्वकप : क्यानडाद्वारा नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं : आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्‍यो ।

क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे । क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।

यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट लिए । आजको खेल जिते नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गर्नेछ । छनोटका समूह ‘ए’ बाट आयरल्यान्ड र सयुक्त अरब इमिरेट्स ९यूएई० सेमिफाइलनमा प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस