पनौती रयालेका १ सय जना भैंसी पालक कृषकलाई भैंसी सुत्केरी भत्ता वितरण

काभ्रे : जिल्लाको पनौती नगरपालिकाको जनमुखी काम भैंसी प्रबर्द्धनको लागि भैंसी सुत्केरी भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं १ स्थित रयालेका १ सय भैंसी पालक कृषकलाई भैंसी सुत्केरी भत्ता वितरण गरिएको कृषि पशुपन्छी शाखाले जनाएको छ ।

शाखाका अनुसार एक कार्यक्रमको अवसरमा १ सय जना भैंसी पालक कृषकलाई करिब २ लाख ४६ हजार रकम वितरण गरिएको हो । नगरपालिकाको उक्त वडाबाट आ.व.२०७६/०७७ मा वितरित पडि थोरे मध्य ९ वटा भैंसी सुत्केरी भएको कृषि पशुपन्छी शाखाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने,उप प्रमुख गीता बञ्जारा, वडा अध्यक्ष गुुणनाथ सापकोटा, कृषि पशुपन्छी शाखा प्रमुख मणि प्रसाद सापकोटा लगायत किसानहरुको उपस्तिथि रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस