धुलिखेलका महिलाहरुका लागि पाठेघर क्यान्सर सम्बन्धि १ दिने स्वास्थ्य शिविर सञ्चालन हुने
सोमबार, फाल्गुण ०९, २०७८ | २१:०४:१७
काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ मा महिलाहरुका लागि पाठेघर क्यान्सर सम्बन्धि १ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । धुलिखेल नगरपालिका र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।
३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाहरुका लागि पाठेघर क्यान्सर सम्बन्धि १ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न वडा कार्यालयले जानकारी दिएको छ । धुलिखेल नगरपालिका वडा नं ३ स्थित पञ्चकन्या आधारभूत विद्यालय बाँसघारीमा फागुण ११ गते बिहान १० बजेदेखि पाठेघर क्यान्सर सम्बन्धि १ दिने स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।