काभ्रेको ठूलो पर्सेलमा १८ गते स्वाथ्य शिविर हुदै

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलो पर्सेलमा फागुन १८ गते स्वाथ्य शिविर सञ्चालन हुने भएको छ ।

करिब ५ सय स्थानीयबासीको स्वास्थ्य जाँच, उपचार तथा निशुल्क औषधि वितरण गर्न शिविर सञ्चालन गर्न लागिएको वडा नम्बर ६ का वडाअध्यक्ष बिकुलाल तामाङले जानकारी दिए । उनका अनुसार धुलिखेल अस्पतालसँगको समन्वयमा शिविर सञ्चालन गर्ने निर्णय भएको हो । फागुन १८ गते बिहान ११ देखि साँझ ५ बजेसम्म ठुलो पर्सेलको स्वास्थ्य चौकीका शिविर चल्नेछ ।

शिविरबाट तेमाल गाउँपालिकाका वडा नम्बर १,२् ३, ४, ५, ६, ७, ८ र ९ का बासिन्दाले सेवा लिन पाउने छन् । स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, ३० वर्षमाथिका महिलाको पाठेघरको मुखको क्यानसरको परीक्षण, हाडजोर्नी सम्बन्धी सेवा, फिजियो थेरापी, निशुल्क औषधि वितरण तथा परामर्श सेवा दिइने धुलीखेल अस्पतालका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिनेश थापाले जानकारी दिए । पाठेघरको मुखको क्यानसरका बिरामी फेला परेमा सहुलियतमा उपचारका लागि अस्पतालले सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस