बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
बुधबार, फाल्गुण ११, २०७८ | १३:५७:२३
सिन्धुपाल्चोक : आफ्नै श्रीमती लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका वडा नम्बर १ ठाटिकुना बनकाली बस्ने जिवन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
दाउरा चिर्ने बिषयमा विबादका कारण जिवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।