अवैध लागूऔषध सहित पक्राउ
बुधबार, फाल्गुण ११, २०७८ | १४:०२:००

सप्तरी : जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर २ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १३ लक्ष्मिपुर बस्ने सुमित चौधरी र चौदण्डी नगरपालिका वडा नम्बर ८ हडिया बस्ने बिधानन्द चौधरी रहेका छन् । प्रदेश १-०५-००१ प ४५९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फतेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।