काभ्रेमा आज १३ जना उपचारपछि संक्रमणमुक्त
बिहिबार, फाल्गुण १२, २०७८ | १८:२३:००
काभ्रे : जिल्लामा आज १३ जना उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कर्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार योसँगै जिल्लामा उपचारपछि संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ९ वटा पिसिआर परीक्षण्मा नयाँ स्रंक्रमितको संख्या शून्य रहेको कार्यालयको जानकारी छ । जिल्लामा अहिले कोरोना स्रंक्रमितको संख्या १७ हजार ५ सय ५० पुगेको छ ।
काभ्रेमा अहिले १४ जना महिला र २ जना पुरुष गरी १६ जना सक्रिय कोरोना स्रंक्रमित रहेका छन् । जिल्लामा अहिलेसम्म १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।